आइतबार , जेठ १२, २०८२

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ ।

खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ ।खोप अभियानको लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यो अवधीमा पनि पढाइ भने वैकल्पिक विधिबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।

अहिले खोप अभियानको लागि मात्रै विद्यालय खोल्ने निर्णय गरिएकाले भौतिक रुपमा विद्यालय खोल्ने नखोल्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ ।

सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरिएकाले सीसीएमसी कै सिफारिसमा मात्रै विद्यालय खोल्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।कोरोनाको सङ्क्रमण तीव्रगतिमा बढेपछि सरकारले गत पुस २५ गते सीसीएमसीको सिफारिसमा देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर निजी विद्यालय संगठनहरुले विद्यालय तत्काल खुलाउनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP