शनिबार , भाद्र १३, २०८३

नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ ।

दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताएका छन् ।

त्यस्तै मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले पनि नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए ।

कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ ।

करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । मोरिसससंगको दोस्रो खेल मंगलबार हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP