मंगलबार , अषोज २७, २०८३

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको पनवेल फार्महाउसमा चलिरहेको सम्पत्तिको विवाद अहिले थप चर्किएको छ । छिमेकी केतन कक्कडले आफूमाथि केही चकित पार्ने आरोप लगाएपछि अभिनेता खानले मानहानीको मुद्दामा सिङ लक गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार सलमान खानका वकिलले केतन कक्कडको सामाजिक सञ्जाल पोस्ट र अन्तर्वार्ताको अंश पढेर सुनाएका छन्, जहाँ उनले अभिनेता खानविरुद्ध गम्भीर आरोप लगाएका छन् । रिपोर्टका अनुसार छिमेकी कक्कडले सलमान खानको फार्महाउसमा फिल्मस्टारको शव गाडिएको र त्यहाँ बालबालिकाको तस्करी समेत हुने गरेको आरोप लगाएका छन् ।

छिमेकी कक्कडको उक्त आरोपको जवाफ दिँदै अभिनेता खानका वकिल प्रदीप गान्धीले भनेका छन्, ‘यी आरोपहरू कुनै प्रमाण बिना नै लगाइएका छन् । र, उनीहरूले अभिनेताको प्रतिष्ठामा आँच पु¥याउने प्रयास गरिरहेका छन् ।’

भर्खरै मात्र छिमेकी कक्कडलाई भिडियो, पोष्ट वा ट्वीटको रूपमा झुटो, अपमानजनक र मानहानिपूर्ण आरोपहरू लगाउनबाट रोक्नको लागि सलमान खानले कक्कडविरुद्ध मुद्दा दायर गरेका थिए । तर, छिमेकीविरुद्ध मानहानीको मुद्दामा अन्तरिम आदेशको लागि अभिनेताको निवेदन अदालतले खारेज गरिदिएको छ ।

सम्पत्ति विवादमा स्पष्ट पार्नका लागि कक्कडले कथित रूपमा सलमान खानले अर्पिता फार्मको छेउमा रहेको उनको प्लटमा पहुँच रोकेको दाबी गरेका थिए । तर, अभिनेताका वकिलले भने त्यसलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP