मंगलबार , अषोज २७, २०८३

नेपाल औषधि उत्पादक सङ्घले नागरिकले आवश्यकताभन्दा १० गुणा धेरै सिटामोल घरघरमा सञ्चय गरेर राखेकाले अभाव देखिएको दाबी गरेको छ ।

बजारमा औषधिको अभाव भएको अफवाह फैलिएकाले बिरामी भए खान पाइँदैन कि भन्ने डरले मानिसले आवश्यकताभन्दा धेरै औषधि किनेर घरमा थुपारेकाले औषधिको अभाव देखिएको सङ्घले आज मङ्गलवार विज्ञप्ति निकालेर स्पष्ट पारेको हो । सरकारले आफ्ना उद्योग र आफ्ना क्षमताकाे बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको सङ्घले जनाएको छ ।

अहिले केही सञ्चारमाध्यमले नेपालमा बन्ने पारासिटामोल लगायतका उत्पादन बजारमा अभाव भएको भन्ने समाचारप्रति पनि सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण अहिले बजारमा सामान्य अवस्थामा भन्दा औषधिको धेरै माग रहेको छ । तर औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर यस्तो अवस्था नआएको र हल्लाको पछाडि नलाग्न सङ्घले आग्रह गरेको छ । सङ्कटको अवस्थामा कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिबद्धता सङ्घले गरेको छ ।

पारासिटामोल नेपाली बजारमा वार्षिक झन्डै सात करोड चक्की माग हुने गरेकोमा झन्डै ९९ प्रतिशत नेपालमा नै उत्पादन हुन्छ ।

‘अहिले नेपालमा पारासिटामोल र यसको कच्चा पदार्थ मौज्दात चाहिँदाे मात्रामा माैज्दात रहेको सङ्घले जनाएको छ । विश्व बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक बढेको भए पनि उपलब्धता रहेको अवस्था भएकाले आतिने अवस्था छैन । अहिलेकाे परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौँ । नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा झन्डै ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौँ । माघ महिनाको दोस्राे हप्तामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौँ । हामीसँग आजकै दिनको पारासिटामोल उत्पादन गर्ने कच्चा पदार्थको मौज्दात हेर्दा झन्डै १९ हजार चार सय ६० किलोग्राम रहेको छ र यसले झन्डै तीन कराेड ८४ लाख ८३ हजार नाै सय पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP