बिहिबार , चैत्र २७, २०८१

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको छ । अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो । त्यसैले बीए.२ लाई ‘स्टेल्थ ओमिक्रोन’ पनि भनिएको छ ।

यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको छ । यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको छ । यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको छ । विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको थियो ।

संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ र बीए.३ गरी तीन सब भेरियन्ट रहेका छन् । २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको छ । बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई ‘भेरियन्ट अन्डर इन्भेस्टिगेसन’ मा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP