उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५११ जनाको मृत्यु भएको छ ।
त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।