मंगलबार , अषोज २७, २०८३

लुम्बिनी प्रदेशका तीन ठूला नाकामा हरेकदिन भारतबाट फर्केनेको चाप छ ।

भैरहवाको बेलहिया, कपिलबस्तुको कृष्णनगर र बाँकेको जमुनाह नाकामा स्थापना गरिएका हेल्थ डेस्कमा भारबाट फर्केनहरूको दैनिक सयौं संख्यामा परीक्षण हुँदै आएका छन् । तर, अहिले हेल्थडेस्कमा खटिएका कर्मचारी र स्वाथ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभाव भएको छ ।लुम्बिनी प्रदेशका मुख्य नाकामध्ये एक हो, नेपालगञ्जको जमुनाह नाका । भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट फैलिरहेपछि महिना दिनयता जमुनाह नाका हुँदै हरेकदिन फर्केनेको चाप छ । तर, नाकाका हेल्थ डेक्समा एन्टिजेन परीक्षण गर्न जनशक्ति अभाव छ । दैनिक ४०० भन्दा बढी एन्टिजेन परीक्षण हुने जमुनाह नाकाको हेल्थ डेस्कमा १७ जना स्वास्थ्यकर्मी छन् । जसमध्ये १० जना संक्रमित छन् । हाल सात जना कर्मचारीबाटै परीक्षण भइरहेको ल्याब टेक्नीसियन चिरञ्जीवि ज्ञवालीले बताए ।

भारतबाट आउँनेको संख्या दैनिक बढिरहेको बेला परीक्षणमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कठिनाइ भएको उनले सुनाए । ल्याब टेक्नीसियन ज्ञवालीका अनुसार दैनिक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गरी १२ घण्टा परीक्षण भइरहेको छ ।

भारतबाट नाकामा आएकाहरूको विवरण भर्ने, तापक्रम नाप्ने, परीक्षण गर्नेदेखि संक्रमितहरूलाई सहजीकरण गर्ने जिम्मेवारी हेल्थ डेक्समा खटिएका स्वाथ्यकर्मीको छ । तर जनशक्ति अभावमा यी असजहता भइरहेको ज्ञवाली बताउँछन् ।

भारतबाट फर्केनेहरूमा अधिकांश संक्रमण देखिरहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए । भारतबाट फर्केकाहरूमा दैनिक २० देखि ४० जनामा संक्रमण पुष्टि भइरहेको उनले जानकारी दिए ।

पुस १९ गतेयता जमुनाह नाकामात्र भारतबाट फर्केका ७ हजार ५७५ जनाको परीक्षण गरिएको छ । जसमध्ये ४७० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी आफै संक्रमित

लुम्बिनी प्रदेशकै अर्काे ठूलो नाका हो, रुपन्देहीको बेलहिया नाका । निकै चहल पहल रहने यो नाका हुँदै दैनिक ३०० देखि ४०० सम्म भारतबाट भित्रिरहेका छन् । नाकामा स्थापना गरिएको हेल्थ डेक्समा अहिले ३०० सम्म परीक्षण हुँदै आएको छ ।

भारतबाट आएकाहरूमा संक्रमण पुष्टि भइरहेकाले जोखिम बढेको हेल्थ डेक्सका स्वास्थ्य संयोजक लालबहादुर चौधरीले बताए । उनले हेल्थ डेक्समा परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मी स्वयं संक्रमित भइरहेको बताए । उनका अनुसार हेल्थ डेक्सको ल्याबमा मात्रै चारजना र अन्य गरी नौ स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलनमा छन् ।

अस्पतालमा पनि उस्तै

प्रदेशका सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी मात्र हैन, अस्पतालका स्वाथ्यकर्मी समेत संक्रमित हुन थालेपछि जनशक्ति अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो पर्ने अस्पतालले जनाएका छन् ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २० जना स्वास्थ्यकर्मी संक्रिमित भइसकेको निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन् । अस्पतालमा कोभिड संक्रमणका बिरामी बढेपछि स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेको उनले बताइन् ।

दाङकै राप्ती प्रादेशिक अस्पतालमा पनि चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

तीब्र रुपमा फैलिरहेको कोरोनाको कारण अस्पतालमा बिरामीको चाप बढेका छन् । बिरामीको उपचारमा खटिएका स्वाथ्यकर्मी आफै सक्रमित हुन पुगेका छन् । स्वास्थ्य निर्देशनलयका अनुसार लुम्बिनी प्रदेशमा संक्रिय संक्रमित सख्ंया चार हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP