सोमबार , बैसाख ८, २०८२

आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ । उक्त खेल फेब्रुअरी १९ मा अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।तेस्रो खेलमा नेपालको भेट क्यानाडाविरुद्ध हुनेछ । उक्त खेल भने ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा हुन्छ ।

समूह ए को ग्रुप २ मा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमफाइनलका खेल फेब्रुअरी २२ मा हुने र फाइनल २४ तारिखमा हुने खेल तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP