मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षबाट आज आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो ।

आमहड्ताल आव्हान गरिएसँगै बिहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताए आगलागीबाट पूर्ण रुपमा जलेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।

प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु २५ जना पक्राउ परेका छन् । तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।

आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP