मंगलबार , बैसाख २९, २०८३

घानाको यपिएट शहरमा भयंकर विष्फोट भएको छ । विष्फोटबाट कयौं भवनहरु भत्किएका छन् ।

घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विष्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP