मंगलबार , अषोज २७, २०८३

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आमसभामा व्यापक जनसहभागिता गराउने गरी तयारी गरेको छ । नेकपा रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले उक्त आमसभाका लागि आफ्नो निर्वाचन क्षेत्रबाट ६५ हजार जनता उतार्ने निर्णय गरेको छ ।

क्षेत्रीय संयोजक तेजेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाबाट ६५ हजार जनता सहभागी गराउने निर्णय गरेको क्षेत्रीय कमिटीका सचिव राजेन्द्र ढकालले जानकारी दिए । बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष लिला गिरीले फागुन १ गतेको आमसभालाई भव्य बनाउन र ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम सही रहेको स्थापित गर्ने गरी अघि बढ्न मातहतका कमिटीलाई निर्देशन दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, बलराम अधिकारी, महिला नेतृ सावित्रा अर्याल लगायतले बुटवल क्याम्पसमा हुने आमसभा बृहत बनाउनुपर्ने र यसका लागि तयारी तीव्र पार्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP