सोमबार , बैसाख ८, २०८२

युक्रेनमा रुसको हमला रोक्नका लागि सम्भवतः अन्तिम कुटनीतिक कोसिस सुरु भइसकेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिन्कन यूक्रेनको राजधानी किभ जादैछन् । यहाँबाट उनी सीधै जेनेभा प्रस्थान गर्नेछन् । यहाँ रुसी विदेश मन्त्री सर्गेइ लाभारोभ उनको प्रतिक्षामा हुनेछन् ।

दुवै नेताले युक्रेनको विषयमा कुराकानी गर्नेछन् । यसअघि बेलायतले यूक्रेनलाई एन्टी ट्याङ्क बिरोधी हतियार पठाइसकेको छ । क्यानडाले पनि आफ्नो एक प्याराट्रूपर रेजिमेट किभमा पठाउन थालेको छ । पश्चिमी देश सबै रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला रोक्न चाहन्छन् ।

यसैबीच रुसी सेना अब बेलारुस पुगेका छन् । नेटो र अमेरिकालाई रुसले पठाएको सेना बेलारुसको जमिन प्रयोग गरेर युक्रेनमाथि हमला गर्नका लागि हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि रुसले यी सबै कुराप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

भ्रमण

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले यूक्रेनमा हमला गर्नबाट रोक्नका लागि एक किसिमबाट अन्तिम कुटनीतिक मिसन सुरु गरिसकेका छन् । ब्लिङ्कन यूक्रेनको राजधानी किभ पुगिसकेका छन् ।
यहाँ उनले राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग भेटघाट गर्नेछन् । यसपछि उनी बर्लिन पुग्नेछन् । यसपछि मात्रै उनी जेनेभा जानेछन् , जहाँ उनले अमेरिकी विदेश मन्त्रीसँग भेटघाट गर्नेछन् ।

न्यूयोर्क टाइम्सका अनुसार व्लिकनले रुसलाई यूक्रेनमा हमला नगर्नका लागि सीधा सन्देश दिनेछन् । उनले तनाव कम गर्न पनि सन्देश दिनेछन् । उनले यूक्रेनको सीमा रहेका रुसी सेनालाई सीधै फिर्ता जान आग्रह समेत गर्ने बताइएको छ ।

जुनसुकै समयमा हमला

ब्लिङ्कन जनेभा पुग्नु पहिले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘हामीलाई लाग्छ कि रुस कुनै पनि समयमा यूक्रेनमाथि हमला गर्न सक्छ । अमेरिका यो मामिलालाई कुटनीतिक तरिकाबाट सुल्झाउन चाहन्छ ।’
अर्कातिर रुसका एक वरिष्ठ कुटनीतिज्ञले ब्लिङ्कन–लाभरोभको प्रस्तावित कुराकानीको विषयलाई लिएर आशा गर्न नसकिने बताएका छन् । उनले भने, ‘अब कुनै किसिमको सम्झौताको गुञ्जायस नै छैन । तर अमेरिका कुराकानी गर्न चाहन्छ भने हामी एक मौका दिन्छौ ।’

रुसको नयाँ चाल

यसैबीच पुटिन सरकारले आफ्ना सयौँ सैनिक बेलारुस पठाएको छ । त्यसैले रुसले यूक्रेनमाथि आफ्नो मुलुकबाट हमला नगरिकन बेलारुसबाट हमला गर्न सक्ने आशंका व्यक्त गरिएको छ । यो सँग जुझ्न यूक्रेन पनि तयारी गरिरहेको छ ।

एक अमेरिकी अधिकारीले भने, ‘रुसी सैनिक बेलारुस पुगेको समय अत्यन्तै महत्वपूर्ण छ ।’

यद्यपि रुसले भने आफ्ना सेना सैन्य अभ्यासका लागि बेलारुस पुगेको बताएको छ । बेलारुस पुगेका सैनिकको संख्या १३ हजार छ ।

रुसको ढाँचाकाँचा अमेरिका र नेटोले अत्यन्त नजिकबाट नियालिरहेका छन् । जवाफी तयारी पनि सुरु भइसकेको छ ।
हाल। अमेरिकाका सयोगीले यूक्रेनलाई सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP