मंगलबार , अषोज २७, २०८३

सन् २०१३ मा मिलानमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ब्राजिलका फुटबलर रोबिन्होले अन्तिम पुनरावेदन पनि हारेका छन् । बुधबार रोमको सर्वोच्च अदालतले ३७ वर्षीय खेलाडीलाई यसअघि सुनाइएको ९ वर्ष जेल सजायको फैसलालाई नै सदर गरेको हो ।

सन् २०१७ मा रोबिन्होसहित अन्य पाँच ब्राजिलियनहरुलाई एक नाइट क्लबमा २२ वर्षीया युवतीलाई बलात्कार गरेकोमा दोषी ठहर गरिएको थियो । तर, हाल रोबिन्हो ब्राजिलमा रहेका कारण उनले जेल सजाय भुक्तान गर्ने भने छैनन् । ब्राजिलको कानुनले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्न रोकेको छ । यद्यपि, इटालीले ब्राजिललाई उनलाई त्यहीँ नै जेल सजाय भुक्तान गर्नका लागि आग्रह भने गर्न सक्छ ।

ब्राजिलको सान्तोष क्लबबाट करियरको सुरुवात गरेका रोबिन्हो सन् २००५ मा रियल म्याड्रिड पुगेका थिए । त्यहाँ चार सिजन बिताएका उनले २ वटा लिग उपाधि जितेका थिए । सन् २००८ मा उनी कीर्तिमानी रकममा म्यानचेस्टर सिटी पुगेका थिए । तर सन् २०१० मा उनी पुनः सान्तोष फर्किएका थिए । त्यसपछि उनी एसी मिलान पुगेका उनी त्यहाँ चिनियाँ टोली ग्वानझाओ एभर ग्रान्डेसँग आबद्ध भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP