बुधबार , जेठ ८, २०८२

काठमाडौँ । विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण लिएका छन् । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका थिए ।

संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । जसमध्ये आज ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।संसदीय सुनुवाइबिनै पदाधिकारीहरुलाई सपथ गराइएको हो । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP