मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण लिएका छन् । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका थिए ।

संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । जसमध्ये आज ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।संसदीय सुनुवाइबिनै पदाधिकारीहरुलाई सपथ गराइएको हो । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP