सोमबार , अषोज २६, २०८३

बुटवल, माघ २१/नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै कठिन अवस्थामा पनि मर्यादित पत्रकारिता र पेशागत दायित्वबाट विचलित नहुन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । विगतमा भन्दा अहिले पत्रकारिता क्ष्ँेत्र व्यवस्थीत भईरहेको भन्दै उहांले पत्रकारहरु पेशागत दायित्वबाट कहिल्यै भाग्न नमिल्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभालाई बुधवार सम्बोधन गर्दै अध्यक्ष आचार्यले नेपालमा नागरिकका आवाज बोल्ने सबैभन्दा पुरानो संस्था पत्रकार महासंघ नै भएको दावी गर्दै नागरिकको आवाज बोल्ने दायित्वबाट महासंघ कहिल्यै पनि नपन्छिने बताउनुभयो ।

अध्यक्ष आचार्यले अहिले महासंघमा महिला, दलित, आदिवासी मधेशी लगायतका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरेको र अझैपनि साझा चरित्रको महासंघ बनाउने अभियानमै रहेको बताउनुभयो । अध्यक्ष आचार्यले महासंघले गरेको पटकपटकको दवावपछि सरकारले सरकारी विज्ञापनको १० प्रतिशत रकम राखेर पत्रकार कल्याणकारी कोष खडा गरेको उल्लेख गर्दै पत्रकार र महासंघको दवावकै कारण सबै मिडियालाई समानुपातिक विज्ञापन वितरण गर्ने वाध्यात्मक अवस्था श्रृजना भएको बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले पत्रकार महासंघ पत्रकारहरुको हित र अधिकारकै लागि सदैव लागिपरेको बताउनुभयो ।

महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी, संविधानसभा सदस्य बिनोद पहाडी, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, महासंघका पुर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार हरी लम्साल, सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पश्चिमाञ्चल यातायात व्यवसायी प्रालीका अध्यक्ष यमप्रसाद पाण्डे, रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सचिव रामप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको साधारणसभाले सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP