मंगलबार , अषोज २७, २०८३

बिग बास लिग- बीबिएल क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा सन्दीप लामिछाने आवद्ध रहेको होबर्ट हुरिकेन्सले मेलबर्न रेनेगेड्समाथी ६ रनको रोमान्चक जित हात पार्दै प्ले अफमा स्थान बनाएको छ ।

एक सय ८३ रनको लक्ष्य पाएको रेनेगेड्सले निर्धारित २० ओभर खेलेपनि ६ विकेट गुमाएर एक सय ७६ रन मात्र जोड्न सक्यो । सन्दीपले चार ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । तर उनले लिएका विकेट हुरिकेन्सको जितमा महत्वपूर्ण रहे ।

रेनेगेड्सलाई अन्तिम ५ ओभरमा ४५ रन चाहिएको थियो भने उसँग ८ विकेट बाँकी थिए । १५ औँ ओभरमा उनले लयमा रहेका सन मार्सलाई आउट गरे । मार्सले ५१ रन जोडे । अन्तिम तीन ओभरमा २६ रन मात्र आवश्यक रहेका बेला सन्दीपले १८ औँ ओभरमा उन्मुक्त चन्दलाई व्यक्तिगत ६ रनमा आउट गरेका थिए ।

त्यस ओभरमा सन्दीपले ८ रनमात्र दिएका थिए। १९ औँ ओभरमा टम रोजर्सले तीन रन दिएर २ विकेट लिएपछि अन्तिम ओभरमा रेनेगेड्सलाई १५ रन चाहिएको थियो । १३ खेलबाट २७ अंक भएको हुरिकेन्स तालिकाको पाचौँ स्थानमा रहेको छ । अघिल्लो खेलमा पनि हुरिकेन्सले सिड्नी थन्डरमाथि ९ रनको रोमान्चक जित हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP