सोमबार , जेठ २७, २०८२

आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन अनुमति दिएको हो ।२०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । यसैगरी, भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा परेको छ ।

समितिका अनुसार २०७८ सालमा विवाहका ५६ वटा लगन जुरेको छन् । त्यस्तै, आगामी वर्ष व्रतबन्धको लगन पनि धेरै रहेका छन् ।

समितिले बजारमा प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP