मंगलबार , बैसाख २९, २०८३

देव खलानको अर्धशतक तथा अनिल खरेलको चार विकेटप्रेरित लुम्बिनी प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पाँच विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । प्रतियोगतामा लुम्बिनीको दोस्रो पहिलो जित हो । गण्डकी भने जितविहीन बनेर प्रतियोगिताबाट बाहिरिएको छ । चार खेलबाट चार अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा छ । समूह ‘बी’ एपीएफले सतप्रतिशत नतिजा निकाल्दै समेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । वाग्मती प्रदेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ ।

गण्डकीका लागि पनि अनिल गुरुङले ५० रन बनाएका थिए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोबिन्द बिकले १२ रन बनाउनुबाहेक अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । गण्डकीका पाँच ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् ।

लुम्बिनीका अनिल खरेलले चार ओभरमा १५ रन दिएर चार विकेट लिए । कृष्ण कार्की र दिपेन्द्र रावतले समान दुई विकेट लिए । दुर्गा गुप्ता र तुलबहादुर थापाले एक एक विकेट लिए ।

लुम्बिनीका देब खनालले २६ बलमा १० चौका र एक छक्कासहित ५६ रन बनाए । सुशान्त थापाले २६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । गण्डकीका सुवास भण्डारीले तीन विकेट लिँदा विशाल पौडेल र अशोक श्रेष्ठले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP