बुधबार , जेठ ८, २०८२

संसारमा एलियन्सको अस्तित्वको बारेमा धेरै दाबीहरू गरिएका छन् ।

एलियन्सबारे वैज्ञानिकहरूको राय पनि समान छैन । एलियन्स र यूएफओबारे समय समयमा विभिन्न दाबीहरू गरिन्छ ।

अब फेरि एकपटक एलियन्स वर्षौंअघि पृथ्वीमा आएर यहाँ बसेको दाबी गरिएको छ । अब मानिसले एलियन्स पत्ता लगाउन अर्को ग्रहमा जानु पर्दैन भन्ने दाबी छ ।

विश्वलाई अहिलेसम्म एलियन्सको बारेमा कुनै जानकारी छैन । तर, अब एक यूएफओ अनुसन्धानकर्ताले एलियन्स पृथ्वीमा आएको दाबी गरेका छन् ।

अनुसन्धानकर्ताले यसको भिडियो पनि जारी गरी आफ्नो दाबीलाई सही ठहर गर्ने प्रयास गरेका छन् ।

ताइवानी अनुसन्धानकर्ता स्कट सी वारिङले गुगल नक्सा मार्फत पृथ्वीमा एलियन्स भएको प्रमाण देखाएका छन् । उनले यसको भिडियो युट्युब च्यानलमा शेयर गरेका छन् । यो तथ्य लुकाएर राखिएको उनको दाबी छ ।

गुगल म्यापमा केही नयाँ देखिएको उनको भनाइ छ । जब उनले म्यापलाई पछाडि लगे, तब उनले अन्टार्कटिकाको बरफमा ठूला धारहरू देखे । यी लाइनहरू दशकौं पुरानो हुन सक्ने उनले बताए । त्यहाँ उत्खनन भएको उनको भनाइ छ । कार र ट्रयाक्टरहरू देखिन्छन् जसबाट ठूलो उत्खनन गरिएको छ ।

युएफओ अनुसन्धानकर्ताले विमानस्थलको संरचना पनि देखिने बताए । यो उत्खनन गर्न वैज्ञानिक र सेना जम्मा भएको जस्तो देखिने उनको भनाइ छ ।

अन्टार्कटिकाको बरफमा पुरानो एलियन संरचना देखा परेको उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP