मंगलबार , अषोज २७, २०८३

भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका व्यक्ति सीमाबाटै फरार हुन थालेका छन् । सीमा नाकामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरू विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परीक्षण केन्द्र गौरिफन्टाले जनाएको छ ।

‘धेरै कोरोना संक्रमित मोहना नदी तरेर नेपाल भाग्ने गरेका छन्,’ त्रिनगर स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसँग रिपोर्ट साटेर पनि उम्कने गरेका पाइन्छन् ।’ भाग्दै गरेका धेरैलाई समात्ने पनि गरिएको उनले बताए । धरै मानिस एकै पटक आउँदा अप्ठ्यारो हुने गरेको उनी बताउँछन् ।

कोरोना पोजेटिभ व्यक्ति भाग्न नपाउन भनेर स्वास्थ्य परीक्षण केन्द्रको पछाडि (पूर्व) पट्टी तार जाली लगाइएकोमा सो तारजाली काटेर धेरै जना मोहना हुँदै भाग्ने गरेको उनले बताए । त्यसै गरी केही व्यक्तिले कोरोनाको नेगेटिभ रिपोर्ट आएका अर्का व्यक्तिको रिपोर्ट देखाउँदै प्रहरीको आँखा छल्ने गरेको उनी बताउँछन् ।

‘मोहना नदी तर्फ प्रहरी तैनाथ हुँदैन,’ उनले भने, ‘जसका कारण धेरै कोरोना संक्रमित तार जालीबाट छिरेर मोहना नदी हुँदै नेपाल छिर्ने गरेका छन् । केहीले भने रिपोर्ट साट्दै प्रहरीको आँखा छलेर भाग्ने गरेका छन् ।’

उनका अनुसार पुस २९ गते ४० जना, पुस ३० गते ३० जना र आज माघ १ गते ३१ जना कोरोना संक्रमण पोजेटिभ भएका व्यक्ति सीमानाबाट भागेर नेपाल आएका छन् । ‘सीमामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिए आइसोलेसन सेन्टरमा लैजाने व्यवस्था नभएसम्म हामीले उनीहरूलाई नाकामै रहेको होल्डिङ सेन्टरमा रोकेर राख्ने गरेका छौं,’ संयोजक साउँदले भने, ‘उनीहरू होल्डिङ सेन्टरबाटै भाग्ने गरेका छन् । भाग्ने तरिका फरक,फरक रहेका देखिन्छन् ।’

यसबारेमा धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकालाई समेत जानकारी गराइ सकेको उनले बताए । यो समस्याका बारेमा सीमासँग जोडिएका दुई वटै स्थानीय निकायमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर कसैले पनि चासो देखाएका छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP