मंगलबार , अषोज २७, २०८३

कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको वीरगन्ज अहिले तेस्रो लहरमा पनि हटस्पट बन्ने संकेत देखा परेको छ। वीरगन्जमा संक्रमण समुदाय स्तरमै फैलिसकेको यहाँका चिकित्सकहरुले बताएका छन्। वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा ३ यता दिन हुँदै आएको पीसीआर परीक्षणमा दैनिक संक्रमण दर ५० प्रतिशतभन्दा बढी देखिएको छ।

शुक्रबार साँझ पनि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६७ प्रतिशतमा संक्रमण भेटिएको छ। शुक्रबार साँझ ६४ जनाको परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताए।

संक्रमण पुष्टि हुने पर्सा जिल्लाका ३४ जना हुन् भने बाराका ४, रौतहट, सर्लाही, गुल्मी, लमजुङ र तनहुका १-१ जना छन्। यसअघि बिहीबार बेलुकी पनि नारायणी अस्पतालको प्रयोगशालामा ४७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा अर्थात ६५ प्रतिशतमा संक्रमण भेटिएको थियो।

गत बुधबार बेलुकी पनि नारायणी अस्पतालकै प्रयोगशालामा ९५ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा अर्थात ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि गत सोमबार अस्पतालमा ५८ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

शुक्रबार देशभरको संक्रमण दर २४ प्रतिशतको हाराहारीमा रहेपनि वीरगन्जमा दुई दिन यता लगातार संक्रमण दर ६५ प्रतिशतभन्दा बढी नै देखिएको हो। पर्साको वीरगन्जमा संक्रमण समुदायस्तरमै नभइ घर घरमा पुगिसकेको संकेत देखा परिसकेको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले बताए।

उनले भने,‘घरघरमा स.क्रमण पुगिसकेको छ, तर लक्षण देखिँदासमेत अस्पतालमा आएर कोरोना परीक्षण गराउन धेरैले अटेरी गरिरहेका छन्, यसले थप चिन्तित् बनाएको छ। संक्रमण दर बढ्दै गए पनि संक्रमितहरुमा जटिल प्रकारको स्वास्थ्य समस्या भने नदेखिएको उनले बताए।

नारायणी अस्पतालमा हाल ३ जना मात्र संक्रमित भर्ना रहेको जानकारी उनले दिए। स्वास्थ्य समस्या जटिल नदेखिएका कारणले अधिकांश संक्रमितहरु होम आइशोलेसनमै रहेको उनले बताए। उनले भने, ‘स्थिति भयवाह हुन नदिने हो भने परीक्षणको दायरा बढाउनैपर्छ। यसमा सरोकारवालाहरुको ध्यान छिटटै जाओस् नत्र भन्न सकिन्न।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP