मंगलबार , अषोज २७, २०८३

यतिबेला श्रीलंका आर्थिक संकटमा फस्दै गएको छ । यसको कारण उसको क्षमताभन्दा ठूलो ऋण हो । चीनसँग लिएको ऋणले श्रीलंका ठूलो संकटमा परेको छ । यसप्रति विश्वको ध्यान खिचिएको छ ।

कुनैबेलाको समृद्ध श्रीलंका ऋणको भारले संकटमा परेको छ । विशेषगरी बन्दरगाह निर्माणमा लिएको ऋणको भारले श्रीलंका थिचिएको हो । अर्कोतर्फ, चीनसँगको मल खरिद सम्झौतामा पनि श्रीलंका फसेको छ ।

श्रीलंका ऋणमा फसेपछि सँसारभर चासो बढेको छ । हालैमात्र चीनका विदेशमन्त्री वाङ ई श्रीलंका पुगे । उनले राष्ट्रपति गोटावाया राजापाक्षेसँगको भेटमा यही ऋणबारे छलफल गरेका छन् । चीनको ऋण तिर्ने प्रक्रियामा सहुलियतमा ध्यान दिन आग्रह गरिएको श्रीलंकाको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । श्रीलंकाको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् ऋणसम्बन्धी विषय पुनः विचार गरी खराब आर्थिक अवस्थामा सुधार हुनसक्ने उल्लेख छ ।

ग्लोबल टाइम्सले श्रीलंका चीनको ऋणको पासोमा परेको विषयलाई योजनावद्ध तरिकाले उचालिएको भनेको छ । विश्व बैंक, एशियाली विकास बैंकको ऋणको पासोमा समेत श्रीलंकालगायतका देशहरुलाई पारिएको ग्लोबल टाइम्सले लेखेको छ । यसलाई पश्चिमाहरुको पूँजी विस्तारको रुपमा तर्क गरेको छ ।

श्रीलंकाको आर्थिक संकट चीनको ऋण नभई पर्यटन उद्दोगमा कोरोना भाइरसले असर रहेको ग्लोबल टाइम्सको दाबी रहेको छ । तर, श्रीलंका चीनको ऋण तिर्न नसक्ने अवस्थामा परेको छ । यसले ठूलो आर्थिक संकट ल्याइरहेको छ । चीनको ऋणको पासोलाई सेतो हात्तीको समेत संज्ञा दिइदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP