मंगलबार , बैसाख २९, २०८३

एशेज सिरीजको चौथो टेस्ट म्याच रोचक बराबरीमा टुंगिएको छ ।

आइतवार म्याचको पाँचौं दिन इंग्ल्यान्डले नौ विकेट गुमाएर २७० रन बनाउँदै म्याच जोगाएको हो । जीतका लागि अस्ट्रेलियाले एक विकेट लिन नसक्दा म्याच बराबरीमा टुंगियो ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ४१६ रन बनायो । वर्षाले अवरोध गरेको उक्त इनिङमा आठ विकेट मात्र खसेकोमा अस्ट्रेलियाले पारी घोषणा गरेको हो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले १३७ रनको योगदान गरे ।

जवाफमा इंग्ल्यान्डले पहिलो इनिङमा २९४ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरस्टोले ११३ रन बनाए ।दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेटको २६५ रन बनाएर पारी घोषणा गरेको थियो । खवाजाले पुनः शतक प्रहार गर्दै नटआउट १०१ रन बनाए ।

विशाल रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम इनिङमा लगातार विकेट गुमाउँदै गएपछि हार्ने लक्षण देखाएको थियो । १००औं ओभरमा ज्याक लीच आउट भएपछि म्याचमा दुई ओभर बाँकी नै थियो ।

तर स्टुअर्ट ब्रोड र जेम्स एन्डरसन क्रीजमा टिकिरहेर इंग्ल्यान्डलाई हारबाट जोगाए ।

दुवै इनिङमा शतक प्रहार गरेका खवाजा म्यान अफ द म्याच भए ।

यसअघि तीनवटा टेस्ट जितेर अस्ट्रेलियाले शृंखला हात पारिसकेको छ ।

पाँचौं तथा अन्तिम टेस्ट होबार्टमा शुक्रवारबाट शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP