मंगलबार , बैसाख २९, २०८३

भारतीय जनता पार्टी (भाजपा) नेता कपिल मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरवाही भएको भिडियो सार्वजनिक गरेका छन् । यो एक एनिमेटेड भिडियो हो ।

कपिल मिश्राले यो भिडियो एक वर्षअघि खालिस्तानीहरूले शेयर गरेको दाबी गरेका छन् । यसमा मोदीसँग पञ्जाबमा भएको सुरक्षा कमजोरी जस्ता घटना मात्र देखाइएको छ ।
कपिल मिश्राले यो भिडियो ट्विटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘एक वर्षअघि यो एनिमेटेड भिडियोलाई खालिस्तानीहरूले युट्युबमा राखेका थिए । यसमा फ्लाइओभरमा नक्कली किसानहरूले घेरेर रोकेर मोदीजीलाई मार्ने प्रयास गरिएको छ । यस भिडियोमा जस्तै पञ्जाबमा पनि त्यस्तै गर्ने प्रयास गरिएको छ । यो गम्भीर विषय हो ।’

प्रधानमन्त्री मोदी बुधवार पञ्जाब भ्रमणमा गएका थिए । त्यहाँ केही आन्दोलनकारीले सडकबाट हुसैनीवाला जाने क्रममा बाटो अवरुद्ध गरेका थिए । प्रधानमन्त्री मोदीको कोन्भोइ १५–२० मिनेट त्यहाँ बसेको थियो । यसलाई प्रधानमन्त्री मोदीको सुरक्षामा ठूलो कमजोरी मानिएको छ । यस सम्बन्धमा गृह मन्त्रालयले पञ्जाब सरकारसँग रिपोर्ट मागेको छ ।

यसलाई कांग्रेसको षड्यन्त्र भन्दै भाजपाले मुख्यमन्त्री चरणजीत सिंह चन्नीमाथि प्रश्न उठाएको छ ।

मुख्यमन्त्री चन्नीले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।

भिडियोमा के छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP