मंगलबार , अषोज २७, २०८३

नेकपा माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मत भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन गएका अधिकांश नेता तथा कार्यकर्तालाई कोरोना भाइरस संक्रमण भएको छ। आठौं महाधिवेशनमा सहभागि भएपछि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र माओवादीका शीर्ष नेतामा कोरोना संक्रमण देखिएको हो।

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र नेताहरुमा संक्रमण पुष्टि भएपछि पौष २५ गते बोलाइएको माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो। कोरानाको लक्षण देखिएपछि उनीहरुले पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको थियो।

केहि दिनदेखि प्रचण्डको स्वास्थ्यमा असहजता देखिएपछि शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाईसमेत कोरोना पुष्टि भएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्। प्रचण्ड हाल खुमलटारस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। प्रचण्ड शुक्रबार राजनीतिक समन्वय समितिको बैठकमा समेत सहभागि भएका थिए।

यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव रमेश मल्ललगायतलाई पनि कोरोना संक्रमण भएको छ।

प्रचण्डलाई बधाई दिन पुगेका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, वाइसिएल अध्यक्ष सुमन देवकोटा, सह-संयोजक सुवोध शेर्पालीलगायत अधिकांश नेता कार्यकर्ता संक्रमित भएका छन् । कोरोनाको लक्षण देखिएपछि सामाजिक सञ्जालमा उनीहरुले मौसमी फ्लूले सताएको र फोन सम्वाद र भेटघाटको लागि असमर्थ भएको जनाएका छन्। कतिपयले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन लगत्तै कोरोनाको लक्षण देखिएको र परीक्षण गराउँदा पुष्टि भएको जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP