थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभरबाट सङ्कलित नमुनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि निधन भएको छैन ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।