मंगलबार , अषोज २७, २०८३

ब्रिजवेन/कोरोना खोपको विषयमा अष्ट्रेलिया निकै संवेदनशिल छ भन्ने कुरा पछिल्लो घटनाले थप पुष्टी गरेको छ । अष्ट्रेलियाले टेनिसका वल्ड च्याम्पियन खेलाडी नोभाक जोकोभिचलाई देशमा प्रवेश दिएको छैन । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पुरा नगरेको भन्दै बिहिवार बिहान अष्ट्रेलियाले जोकोभिचको भिषा समेत रद्ध गरेको छ ।

अष्ट्रेलियन बोर्डर फोर्स एबिएफले आज बिहान संक्षिप्त विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पुरा नगरेको भन्दै भिषा रद्ध गरिएको जनाएको छ । विज्ञप्तीमा एबिएफले भनेको छ -‘हामी हाम्रो सिमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ ।’ त्यस्तै एबिएफले भिषा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिषा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ ।

स्थानिय संचारमाध्यमहरुका अनुसार जोकोभिचले कोरोना खोप लगाउने बारे एक्जेम्पसन पाउनु भएको छ । तर, अष्ट्रेलियाले त्यसलाई मान्यता नदिने भएको हो । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल उत्रिनु भएको थियो । लगत्तै्र एबिएफले उनीमाथी सोधपुछ गरिरहेको छ । भिषा रद्ध भएपछि जोकोभिचको कानुन व्यवसायीले सरकारको निर्णय विरुद्ध न्यायलयको ढोका ढकढक्याउने भएको छ ।
अष्ट्रेलियाले विभिन्न कारण देखाएर वार्षिक १४ हजार जति भिषा रद्ध गर्ने गरेको तथ्याकं छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP