शनिबार , भाद्र १३, २०८३

सबिन बराल / डर्विन,

नेपालीको तिन सामाजिक संस्थाहरु मिलेर अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विन शहरमा नेपाली सहित विभिन्न देशका क्लवहरु विच प्रथम बहुसांस्कृतिक भलिवल-२०२२ आयोजना गर्ने भएका छन् । आगामी जनवरी १५-१६ मा हुने प्रतियोगिता नेपाली भलिबल क्लब डार्विन , नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी, एनआरएनए नर्दन टेरोटेरीले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

NRNA -NT अध्यक्ष बिष्णु चापागाईंका आनुसार  डार्विन भलिबल एसोशियसनले प्राविधिक सहयोग गर्नेभएको छ । स्थानिय मारारा इनडोर स्टेडिममा दुइ दिन सम्म चल्ने खेलमा नेपाली सहित इन्डियन, फिलिपिनो, मलेशियन, स्थानिय अष्ट्रेलियन क्लवहरुका पुरुषको १० टिम र महिलाको ६ टिम सहभागी हुने भएका छन् ।

त्यस्तै  नेपाली भलिबल क्लवका भवानी पौडेलले खेल मार्फत बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाइ अन्य समुदाय संग भाइचारा सम्वन्धको विकास र विस्तार गर्ने मुख्य उद्देश्य रहेको वताउनुभयो । उहाले यस्ता कार्यक्रमहरुले नेपाल र नेपालीका वारेमा डार्विनबासी समुदायलाई परिचित गराएर नेपालको पर्यटक क्षेत्रको पनि प्रर्बधन हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले यस अगाडि भएको नेपाली क्लवहरुको भलिवल प्रतियोगितामा नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेकाले यस प्रतियोगितामा नेपाली टिमलाई उत्साह भर्न नेपाली समुदायको भव्य उपस्थित रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP