आइतबार , बैसाख ७, २०८२

बंगलादेशले न्युजिल्यान्डसँगको टेस्ट क्रिकेटमा इतिहासमै पहिलो जित हात पारेको छ । न्युजिल्यान्डको माउन्ट माउनगानुईमा भएको पहिलो टेस्टमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै बंगलादेश न्युजिल्यान्डसँग २१ वर्षमा पहिलो टेस्ट जित्न सफल भएको हो। यसअघि बंगलादेशले न्युजिल्यान्डमा ९ टेस्ट, १६ एकदिवसीयय र ७ टी–ट्वेन्टी खेलेको थियो।पाँचौ दिन न्युजिल्यान्डले दोस्रो इनिङमा १६९ रन बनाउँदै अलआउट भएपछि बंगलादेशलाई जितका लागि मात्र ४० रन चाहिएको थियो। जुन लक्ष्य उसले २ विकेट गुमाएर पुरा गर्‍यो। दोस्रो इनिङमा न्युजिल्यान्डका विल योङले ६९ र रोस टेलरले ४० रन बनाए । ५ खेलाडी शुन्य रनमा आउट भए । बंगलादेशका इबादत हुसेनले ६ तस्कीन अहमदले ३ र मेहदी हसनले १ विकेट लिएपछि न्युजिल्यान्ड दोस्रो इनिङमा सामान्य योगफलमा अलआउट भयो ।

यस्तै, न्युजिल्यान्डले डेभोन कन्वेको शतकमा ३२८ रन बनाएको थियो । जवाफमा बंगलादेशले पहिलो इनिङमा ४५८ रन बनाएको थियो। पहिलो इनिङमा १३० रनको अग्रता बनाएको बंगलादेशले दोस्रो इनिङमा कसिलो बलिङ गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP