शुक्रबार , भाद्र १२, २०८३

पर्थ । वेस्टर्न अस्ट्रेलियामा १० महिना पछि समुदायस्तरमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेपछि पर्थ, पिल र साउथ वेस्टमा पाँचदिने लकडाउनको घोषणा गरिएको छ ।

प्रिमियर मार्क म्याकगोवानले आकस्मिक पत्रकार सम्मेलनका क्रममा घोषणा गरेको लकडाउन आईबार राती ६ बजेबाट लागू हुनेछ । पर्थको एक क्वारेन्टाइन होटलका एक सुरक्षागार्ड कोरोना भाइरसबाट संक्रमित भएपछि लकडाउनको घोषणा गरिएको हो ।

उक्त सुरक्षागार्ड मेल्याण्ड्समा अन्य तीनजनासंगै बस्दै आएका थिए र उनीहरुलाई होटेल क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा भने भाइरस भेटिएको छैन् । संक्रमित व्यक्ति शेराटन फोर पोइन्टस् होटेलमा कार्यरत थिए र जनवरी २८ मा विरामी परेका थिए तथा उनलाई गएराती नै संक्रमण भएको पुष्टि गरिएको थियो ।

शेराटन होटेलमा उक्त समयमा चारजना कोरोना भाइरस संक्रमित रहेका थिए र उनीहरुमध्ये दुई जनालाई बेलायतमा भेटिएको प्रजातीबाट संक्रमित थिए भने एक जनामा दक्षिण अफ्रिकी प्रजाती भेटिएको थियो । यस अघि उक्त सुरक्षाकर्मीलाई जनवरी १५, १७ र २३ तारिखमा परिक्षण गर्दा कोरोना भाइरस नकारात्मक देखाएको थियो ।
https://www.facebook.com/wagovnews/photos/a.1712387865685037/2801057350151411/?type=3

स्वास्थ्य विभागले उक्त व्यक्तिले भ्रमण गरेको स्थानहरुको सुची सार्वजनिक गरेको जसमा मेल्याण्ड्सलाई विशेष प्राथमिकतामा राख्दै उक्त व्यक्तिमा कोरोना सरेको आशंका गरेको छ । उनलाई जनवरी २६ वा २७ तारिखमा कोरोना लागेको आशंका गरिएको छ । रिक्सा समेत चलाउदै आएका उक्त सुरक्षागार्डले जनवरी २२ तारिखमा अन्तिम पटक रातीमा काम गरेका थिए ।

लकडाउनमा यी कुराहरू गर्न प्रतिबन्ध छ
प्रिमियर म्याकगोवनले घोषणा गरे अनुसार घरबाट निस्कने व्यक्तिले मास्क प्रयोग गर्नु अनिवार्य छ भने घरबाटै काम गर्नलाई प्रोत्साहन गरिने बताए । वेस्ट अस्ट्रेलियामा बस्नेहरुलाई भने किनमेलका लागि बाहिर जान अनुमति दिइएको छ ।

पाँच दिने लकडाउनका क्रममा पर्थ महानगर अन्तर्गतका पब, बार, क्लब, जिम, खेलमैदान, स्केट पार्क तथा मनोरन्जनस्थलहरु बन्द गरिनेछन् । त्यसैगरी धार्मिक स्थल, पुस्तकालय र सांस्कृतिक संस्थाहरु पनि बन्द गरिनेछन् । रेस्टुरेन्ट र क्याफेले केवल टेकअवेको सुविधा दिनुपर्नेछ ।

विद्यालयको विदा एक हप्ताको लागि लम्ब्याइएको छ भने दाहसंस्कारमा जम्मा १० जनालाई अनुमति दिइनेछ भने वैवाहिक कार्यमा रोक लगाइएको छ ।

आकस्मिक अवस्थामा बाहेका पाहुनाको आगमन तथा वृद्धाश्रम नर्सिङहाेम जानबाट रोक लगाइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP