सोमबार , बैसाख ८, २०८२

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए। अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए। छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो। परिवारका अरू सदस्यलाई बचाउन एकजनाको बलिदान गर्नुपरेको धारणा उनको थियो।

गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निर्णय लिन बाध्य छन्। तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए। बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो। यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ। २० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ। चार दशक लामो युद्ध खेपेको यो देश चर्को खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ। डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन्। कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ। दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ।

‘दिनानुदिन यहाँको स्थिति बिग्रँदो छ, विशेषगरी बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित छन्,’ अफगानिस्तानमा कार्यरत दातृ निकाय वल्र्ड भिजनका राष्ट्रिय निर्देशक असुन्था चार्ल्स भन्छिन्। उनको संस्थाले अफगानिस्तानको पश्चिमी सहर हेरातनजिकै विस्थापित सर्वसाधारणका लागि हेल्थ क्लिनिक सञ्चालन गर्दै आएको छ।

‘परिवारका अन्य सदस्यलाई बचाउन आफ्ना बालबालिका बेच्न बाध्य भएको देख्दा म अत्यन्त मर्माहत भएकी छु,’ उनले भनिन्। मानवतावादी विश्व समुदायले अफगान जनतालाई सहयोग गर्न आवश्यक रहेको उनको कथन थियो। अत्यन्त सानो उमेरमा किशोरीको विवाह गर्नु यो क्षेत्रको आम प्रचलन हो। टाढाको नाताका दुलाहाको परिवारले पैसा तिरेर यस प्रकारको सम्झौता गर्ने गर्छन् र सामान्यतया उमेर १५–१६ वर्ष नभएसम्म किशोरी माइतीमै बस्ने गर्छन्। तर आधारभूत खाद्यवस्तुको अभावमा दुलाहाले त्यसअघि नै किशोरी दुलहीलाई भित्र्याउन अनुमति पाउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP