शुक्रबार , भाद्र १२, २०८३

पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७ हजार ६३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १३ जना र १ हजार ६६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ०१ हजार ९४३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP