शुक्रबार , भाद्र १२, २०८३

‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

अभिनेत्री गौरी मल्ल मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको कार्यक्रमको अश्विनीकान्त झा कोरियोग्राफर रहेका थिए । अनुराधा कोइराला, राजेश हमाल, प्रशान्त ताम्राकार, अश्रेता कार्की चौधरी, राजकुमार क्षत्री तथा अखिल चापागाईं प्रतियोगिताको निर्णायक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP