मंगलबार , अषोज २७, २०८३

डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० को जित निकालेको छ । शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन ।

टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्‍याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो ।

एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ । आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो ।

त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३-२ को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP