सोमबार , अषोज २६, २०८३

विश्वकै सबैभन्दा लामो प्रेमपत्र मध्येको एक ‘द वल्र्ड लेटर’ नेपाल आइपुगेको छ ।

२३ हजार शब्द समेटिएको उक्त लभलेटर बोकेर विश्वयात्रामा निस्किएकी फ्रेन्च-इरानी कलाकार कोकोभान डे बेनकालिज काठमाडौं आइपुगेकी हुन् । लभलेटरको लम्बाइ ५०० मिटर छ ।

यसैसाता उनले बसन्तपुर र पाटन दरबार स्क्वायरमा प्रेमपत्र प्रदर्शन गरिन् । ४ वर्षदेखि विश्वयात्रामा निस्किएकी उनले यसबीचमा ४० भन्दा बढी सहरहरु भ्रमण गरेकी छिन् ।

नेपाल आफ्नो १२ औं भ्रमण मुलुक भएको उनले बताएकी छिन् । यसअघि उनले विश्वका विभिन्न सहरमा लभलेटर प्रदर्शन गरिसकेकी छिन् । नेपालमा रहँदा उनले वसन्तपुर र पाटन दरबार स्क्वायरमा पनि प्रेमपत्र प्रदर्शन गरिन् जहाँ नेपालीहरुले पनि सन्देश लेखे ।

‘आउनूस र विश्वको लागि पत्र लेख्नूस अनि विश्व कलाको हिस्सा बन्नूस’ उनले भनेकी छिन् । विश्वको लागि लेखिन प्रेमपत्रलाई विश्वले नै लेखिनुपर्ने उनको धारणा छ ।

सन् २०१७ को मे महीनामा सडकमा बसेर आफूले प्रेमपत्र लेख्दा एउटा अपरिचित व्यक्तिले पनि केही कुरा लेखेको र त्यो क्षण नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको उनले बताएकी छिन् । भिडियो अन्तवार्तामा कुरा गर्दै उनले लभलेटरको डिजिटल कपी रकेटमार्फत अन्तरीक्षमा पठाउने योजना समेत रहेकी बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP