मंगलबार , अषोज २७, २०८३

अमेरिकाको कोलोराडोस्थित राजधानी डेनभर नजिकैका दुई सहरमा डढोले फैलिँदा सयौं घर ध्वस्त हुनुका साथै दसौं हजार मानिस सुरक्षित स्थानतर्फ भागेका छन् ।

शुक्रबार जंगलको डढेलो सहरमा फैलिन थालेपछि ५ सयभन्दा घर र होटल तथा सपिङ मल जलेका छन् । डढेलो फैलिन थालेपछि स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।

उद्धारकर्मी र केही स्थानीय डढेलोका कारण घाइते भएको बताइएको छ। यद्यपि सरकारी अधिकारीहरुले घाइते हुनेको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार यस क्षेत्रमा हावा १६९ किलोमिटर प्रतिघण्टाको दूरीमा फैलिरहेको छ। जसले केही क्षेत्रमा ठूलो क्षति गर्नसक्ने चेतावनी दिइएको छ ।अधिकारीहरुले लुइसभिल्लाबाट २१ हजार बासिन्दा र सुपेरियरबाट १३ हजार बासिन्दालाई विस्थापित गर्नुपर्ने भन्दै सुझाव दिएका छन्। डढेलोको असर पर्ने दुई सहर राजधानी डेनभरबाट ३२ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

कोलोराडोको राजधानी डेनभरमा भने ७ लाख १५ हजारभन्दा धेरै मानिस बसोबास गर्छन् । डढेलोको परिमाण र तीव्रताका कारण सहरमा यसरी क्षति पुर्‍याउने यसअघि नै आकलन गरिएको थियो । अमेरिकाका विभिन्न सहरमा यसअघि पनि हिउँदको समयमा यस्ता डढेलोले असर पार्नेगरेका थिए । तर यसपटक कोलोराडोमा डढेलोले यति धेरै घरमा असर पारेको यो पहिलो घटना हो ।

स्थानीय सञ्चारमाध्यम डेनभर पोस्टका अनुसार कोलोराडोको इतिहासमै आगोले यति धेरै घरमा क्षति पुर्‍याएको यो पहिलो घटना हो । आगजनीले केही नेपालीहरूका घरमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP