सोमबार , अषोज २६, २०८३

बुटवल, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको एकताको जिल्ला अधिवेशनका लागि अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

नेकपा जिल्ला कमिटी रुपन्देहीको सोमबार बुटवलमा बसेको पाँचौं पूर्ण बैठकले एकताको अधिवेशनका लागि आयोजक कमिटी गठन गरेको हो ।

अधिवेशन आयोजक कमिटीलाई सोमबारै सपथग्रहण गराइएको छ । साविकका नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकता भएपछि बनेको नेकपाको जिल्लाको एकता अधिवेशनका लागि एक हजार एक सय ९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको पार्टीको जिल्ला कमिटीको पाँचौं पूर्ण बैठक पछि सोही समारोहमा पार्टीका पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका सह–इन्चार्ज बैजनाथ चौधरीले अरु केन्द्रीय नेताहरुको उपलस्थितिमा सपथ ग्रहण गराउनुभएको थियो । अधिवेशन आयोजक कमिटीका सदस्यहरुको सपथ ग्रहण समारोहमा नेकपाका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री चौधरी, नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरी, नेकपा केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेश सभाका समितिका सभापति दधिराम न्यौपाने, नेकपा केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इन्चार्ज एवम् जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।

नेताहरुले समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प गर्दै केपी ओली नेतृत्वको संघीय सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको उल्लेख गर्दै तीनै तहमा भएका कामहरुको सूचि लिएर जनतामा जान अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट नेतृत्वमा गएका जनप्रतिनिधिको अगुवाईमा भएका सबै काम र अगाडि सारिएका सबै योजनाको फेहरिस्त सहितका कामको सूचि बनाउन नेताहरुले सम्बन्धित प्रतिनिधिहरुलाई निर्देशन दिनुभएको थियो । नेताहरुले सरकार र पार्टीको मूल नेतृत्वका विरुद्ध अनावश्यक भ्रम फैलाउने, अलमल सिर्जना गर्ने, तिगडम गर्ने, अवरोध गर्ने, जनतामा नैराश्यता भर्ने खालका गलत तत्वको पनि भण्डाफोर गर्न र अवरोध भएका कामको पनि सूचि बनाउन निर्देशन दिनुभयो ।

जनतामा अलमल सिर्जना गरेर, लोकतान्त्रिक अधिकारका नाममा अपराध र हिंसाको सहारा लिएर मूलधारको पार्टीका नेता कार्यकर्तामाथि अनावश्यक आरोप लगाएर कतिपयले कम्युनिष्ट आन्दोलनको नै बदनाम गरिरहेको नेताहरुको गुनासो थियो । त्यसरी बदनाम गर्ने तत्वबाट जनतामा छर्न सक्ने भ्रमलाई बेलैमा चिर्न पनि नेताहरुको आग्रह थियो । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तर्फ लक्ष्ँित गर्दै नेताहरुले भने–‘मूलधारको पार्टीका अध्यक्ष केपी ओली नै भएकाले कुनै अप्राकृत्तिक कसरत र भ्रामक तिगडमबाजी नगर्न आग्रह गर्दछौं ।’

नेकपाको आधिकारिता र पार्टीको चुनाव चिन्ह सूर्य केपी ओलीकै नेतृत्वमा रहेको पार्टीमा रहने उल्लेख गर्दै नेताहरुले यसका विरुद्ध फैलाइएका कुनैपनि भ्रमको पछि नलाग्न अगुवा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको पार्टीको पाँचौं पूर्ण बैठकमा सहभागीहरुलाई धन्यवाद ज्ञापन नेकपा रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले र सञ्चालन जिल्ला कमिटी सचिव विश्वराज बरालले गर्नुभएको थियो ।

एकताको जिल्ला अधिवेशन गर्न ११९९ सदस्यीय आयोजक कमिटी नेकपा रुपन्देहीको एकताको अधिवेशनका लागि सबैखाले तयारी गर्ने भन्दै नेकपाको ११९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको छ । उक्त कमिटीले छिट्टै अधिवेशनको मिति तय गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र १६ वटै पालिकाका सबै तहका कमिटीहरुका भेलाहरु गर्नेलगायतका निर्णय गरेको नेकपा रुपन्देहीका सचिव विश्वराज बरालले जानकारी दिनुभयो ।

अधिवेशन अयोजक कमिटीको गठन संगै एकैसाथ जिल्लाका सबै तहका कमिटी, जनवर्गीय संगठन र संयन्त्रका भेला, बैठक, योजना निर्माणलगायतका कामलाई अगाडि बढाउने निर्णय भएको सचिव बरालले बताउनुभयो ।

फागुन १ मा बुटवलमा जनसभा यसैबीच नेकपा रुपन्देहीको आयोजनामा यहीँ फागुन १ गते बुटवलमा विसाल जनसभा हुने भएको छ ।तीनै तहमा भएका कामको प्रचार, ताजा जनादेशमा जाने निर्णयको स्वागत र पार्टीले अगाडि सारेका योजनाहरुका बारेमा जानकारी गराउने गरि फागुन १ गते विहान ११ बजे बुटवलमा जनसभा गर्ने निर्णय भएको नेकपा रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

जनसभा बुटवल बहुमुखी क्याम्पस परिसरको खाली ग्राउण्डमा हुने बताइएको छ । जनसभालाई सभ्य, भव्य र व्यवस्थित बनाउन जिम्मेवारीसमेत बाँडफाँड गरिएको नेकपा रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP