शुक्रबार , भाद्र १२, २०८३

नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।

सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् ।

समाजका महासचिव ‘बी’ (बद्री) पाण्डेले प्रक्रिया थालनी सुरु भएको बताए । उनका अनुसार अहिलेसम्म सिसाकबाट विश्वका १ सय २० देशले सदस्यतासँगै सेवा लिइरहेका छन् । जहाँ ती देशका रोयल्टी संकलनसम्बन्धी १ सय २८ समाज आबद्ध छन् । सो संस्थामा पहिलोपटक नेपाल सदस्य बन्न सफल भएको हो ।

‘संगीत रोयल्टी संकलन समाजबाट नेपाली गीत अन्तर्राष्ट्रिय बजारमा पठाउन सिसाक सदस्यता अपरिहार्यजस्तै थियो । त्यो कार्य सम्पन्न भए पनि सिसाक सफ्टवेरमा जोडिन भारी शुल्क लाग्ने महासचिव पाण्डे बताउ“छन् । ‘हाम्रा सदस्यका जति पनि गीत छन्, सर्भर लिएपछि ती सबै गीतको परिचय खुल्ने कोड सिसाकले दिन्छ,’ उनले भने, ‘कोडले सम्बन्धित गीत कहाँ कसरी प्रयोग भइरहेको छ रु भनेर देखाउनुका साथै सर्भरमा रोयल्टीसमेत जम्मा हुन्छ ।’

समाज अध्यक्ष सुरेश अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीत व्यापारका लागि पहिचान (म्युजिक कोड) आवश्यक छ । कोड भएपछि बल्ल अन्तर्राष्ट्रिय बजारमा रोयल्टीका लागि वैधानिकता प्राप्त गर्ने उनले जानकारी दिए ।

संगीत रोयल्टी संकलन समाजमा रहेका गीतको अन्तर्राष्ट्रिय कोड ‘केही सस्तोमा प्राप्त भए पनि सिसाक सर्भर’का लागि ५० देखि ६० लाख शुल्क तत्कालै बुझाउनुपर्नेछ । सो रकम स्रष्टाको नाममा संकलित ‘रोयल्टीबाट बुझाउने कि?’ भनेर छलफल सुरु भएको छ । यसका लागि एकथरी ‘सकारात्मक भए पनि अर्काथरी’ अन्कनाइरहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP