मंगलबार , अषोज २७, २०८३

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरूषतर्फ नेपाल पदकविहीन बनेको छ।

मंगलबार ढाकामा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पराजित भयो।

नेपाललाई उज्वेकिस्तानले ३-० को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१७ ले हार्‍यो। तेस्रो सेटमा पनि २५-२२ ले पराजित भएपछि नेपाल पदकविहीन बन्न पुग्यो।

यसअघि नेपालले समूह चरणमा दुई खेलमा विजयी हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा पक्का गरेको थियो।

समूह चरणमा नेपालले माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो। बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।

यता महिलातर्फ भने नेपाल च्याम्पियन बन्यो। नेपालले मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP