सोमबार , बैसाख ८, २०८२

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाे भन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा ध्यानाकर्षण गरेको हो ।

दुबै पटक मस्कको स्याटलाइट चीनको स्पेस स्टेसननजिक पुगेको र ठोकिनबाट जोगिन स्पेस स्टेसनका अपरेटरले आफ्नो बाटो परिवर्तन गरेको चीनको भनाई छ । स्याटलाईटको अतिक्रमणका कारण चिनियाँ अन्तरिक्ष यात्री जोखिममा परेको पनि चीनले गुनासो गरेको छ ।

बेइजिङले अप्रिलमा पृथ्वीको सतहबाट ३९० किलोमिटरको दुरीमा स्पेस स्टेसन तियानगोंग स्थापना गरेको थियो । मस्कको स्पेसएक्सले आफ्नो स्याटलाइटलाई अकस्मात पृथ्वीबाट ३८२ किलोमिटरको दूरीमा राखेको र यसले चिनियाँ स्टेसनमा ठोकिने जोखिम बढेको बेइजिङको तर्क छ ।

यसैबीच मस्कको स्याटलाइट ठोकिने जोखिम बढेपछि चिनियाँ सामाजिक सञ्जाल विबोमा उनको कडा आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP