सोमबार , जेठ २०, २०८२

नर्दन टेरिटोरीको डार्बिनमा जनवरीको २ तारिखमा गुरुङ्ग समुदायले ल्होछारको कार्यक्रम गर्ने भएका छन् । गुरुङ समाज डार्बिनले नेपलीज  एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीसंग मिलेर ल्होछारको कार्यक्रम गर्न लागेको हो । मलक हिन्दु मन्दिर परिसरमा हुन लागेको कार्यक्रममा गुरुङको परम्परागत नृत्य तथा डोरी तान्ने र घैटो फुटाउने खेल खेलिने समाजले जनाएको छ । रात्री भोजसहितको कार्यक्रममा प्रवेशका लागि वयष्कले ४० डलर र ५ देखि १२ वर्षसम्मकाले २० डलर तिर्नुपर्नेछ ।

कार्यक्रमको सफलताको कामना गर्दै NRNA-NT अध्यक्ष बिष्णु चापागाईंले डार्विन लगाएत NT मा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई तमु ल्होछार पर्वको शुभकामना ब्यत गर्नु भयो। कुनै पनि समुदायको कला र संस्कृति को प्रवर्दन गर्न गैर आवासिय नेपाली संघ सधै तयार रहने जानकारी समेत दिनु भयो।

गुरुङ अर्थात तमु जातिको नयाँ वर्षलाई ल्होछार भनिन्छ । १२ वटा जनावर रहेको गुरुङ पात्रोमा हरेक वर्ष एउटा जनावरले भोग गर्छ । पात्रो अनुसार पुस १५ मा जनावर परिवर्तन हुने दिनलाई गुरुङहरुले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यसपाली गुरुङहरुले गाई वर्षलाई बिदाई गरि बाघ वर्षलाई स्वागत गर्दैछन् । गुरुङ चलन अनुसार जुन जनावरको बेलामा मानिसको जन्म भयो उसको वर्ग पनि त्यहि जनावरको नामबाट राखिने गरिन्छ । गुरुङ समुदायमा वर्गको महत्व अन्य समुदायको चिना जस्तै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु