शनिबार , भाद्र १३, २०८३

विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलङ्कासँग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलङ्कासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।

नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३-३ विकेट लिए । यसअघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए । नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP