सोमबार , बैसाख ८, २०८२

यङ्गुन– बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ दि चिल्ड्रेनले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ ।

लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरपन्थी भन्दै हत्या गरेको र उक्त शव जलाइएको आरोप लगाएको छ ।यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसको दाबी छ ।

संस्थाले विज्ञप्तिमा भनेको छ, ‘काया राज्यमा सेनाले मानिसलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरुलाई मारेर जलाइदिएको छ।’

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए ।ु उनीहरु दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ ।

तर, म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ । सेनाले उक्त क्षेत्रमा हतियारधारी चरमपन्थी मारिएको दाबी गरेको हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP