शुक्रबार , भाद्र १२, २०८३

यो बस हो, यो रेल हो, यो दोहोरो काम गर्ने (डीएमभी) सवारी साधन हो । जापानले विश्वकै पहिलो दोहोरो भूमिका भएको सवारी साधन बनाएको छ, जुन सडक र रेलको लिकमा दुबैमा कुद्न सक्छ ।

यो जापानको टोकुसिमा परफेक्चरको काईयो बस्तीमा शनिबारदेखि गुड्न थालेको छ । डीएमसी मिनिबस जस्तो देखिन्छ र सामान्य खालको रबरको टायरमा सडकमा गुड्छ । तर यो जब आन्तरिक परिवर्तनको समयमा आइपुग्छ स्टिलको पाङ्ग्रा रेलको ट्रयाकमा आफसेआफ बस्न जान्छ । यसले प्रभावकारी रूपमा रेलको लिकमा आफूलाई सेट गर्छ ।

डीएमभी चलाउने आसा कोस्ट रेलवे कम्पनीका सीईओले भने,‘यो सवारीले साना सहरहरू जस्तै काइयोलाई सहयोग गर्न सक्छ । यो सहरको जनसङ्ख्या बुढ्यौलीतर्फ र सङ्कुचनको अवस्थामा गइरहेको छ । यो सहरमा स्थानीय सवारी साधनहरू नाफाका लागि संघर्ष गरिरहेका छन् ।

‘यो डीएमभी स्थानीय अवस्थामा बसको रूप लिन्छ र यात्रुलाई रेलवेमा लैजान्छ,’ सीईओ सिगेकी मिउराले बताए । ‘बुढ्यौली उमेरको जनसङ्ख्याका कारण विशेषगरी यो ग्रामीण क्षेत्रका लागि उपयोगी मानिन्छ । हामीलाई लागेको छ कि यो सार्वजनिक सवारी साधनको एउटा राम्रो स्वरूप हो ।’

यो सवारी साधन रेलवे ट्रयाकमा २१ यात्रु बोकेर प्रतिघन्टा ६० किलोमीटसरको गतिमा र परम्परागत सडकमा १०० किलोमीटरको गतिमा गुड्न सक्ने आसा कोस्ट रेलवेले बताएको छ । यसमा इन्धनको रूपमा डिजेल प्रयोग गरिन्छ । सानो आकारको यो सवारी विभिन्न रङमा उपलब्ध छ । यसलाई दक्षिणी जापानको शिकोकु तटमा पनि गुडाइने योजना बनाइएको छ ।

टाइम्स अफ इन्डियाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP