शुक्रबार , भाद्र १२, २०८३

सामाजिक सञ्जालमा मानिसहरुले आजभोलि आफ्नो जीवनसँग सम्बन्धित घटना सेयर गर्छन् । एक व्यक्तिले अनलाइन सेयरिङ साइट रेडिटमा आफ्नो जीवनसँग सम्बन्धित यस्तो कुरा बताएका छन्, यो बारेमा तपाई थाहा पाएर अचम्ममा पर्नुहुने छ ।

यी व्यक्तिले आफ्नो नोकरीको अनुभव सेयर गरेका छन् । उनले ५ वर्षसम्म जागिरको रूपमा केही गरेनन् । तर, उनको तलब र बढुवा पनि हुँदै गयो । यी व्यक्तिले २०१५ मा डाटा इन्ट्रिको पदमा जागिर सुरु गरेका थिए । उनी इमेलबाट केही दस्ताबेज पठाउने गर्दथे । जसको सूचना सिस्टममा फिड गर्नु रहेको थियो ।

उनले थप जे कुरा बताए त्यो अचम्म लाग्ने खालको थियो । आफू रातभर काम गर्ने नगरेको तर यसले आफूलाई कुनै नोक्सानी भएको बताए । उनले १ कोडबाट आफ्नो पुरा काम केही मिनेटमै गर्दथे । यी व्यक्तिले उक्त कोडलाई एक फ्रिलेन्सरबाट विकसित गराएका थिए । किनकि उनलाई कोडिङ आउँदैनथ्यो । उनले आफ्नो २ महिनाको तलब कोडिङ विकास गर्नमा खर्च गरेका थिए । उनलाई यती मात्रै गर्नुथियो कि १ घण्टामा धेरै अर्डर प्रोसेस गर्नु ।

कम्पनीले ढुवानीको पैसा जोगाउन उक्त व्यक्तिलाई वर्क फ्रम होम गर्ने अनुमति दियो । कोडिङपछि उनी रातभरिको काम केवल ६ मिनेटमा गर्दथे ।यसपछि उनी फिल्म हेर्ने वा सुत्ने गर्दथे । सबै भन्दा अचम्मको कुरा के थियो भने उनको बढुवा पनि भयो र तलब पनि बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP