सोमबार , अषोज २६, २०८३

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।

ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई ईडीले जफतको तयारी गरिरहेको छ ।

ज्याकलिनलाई यसअघि पनि ईडीले भारतभन्दा बाहिर जानका लागि रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यवसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर ईडीले उनलाई मुम्बई एयरपोर्टमै रोक लगायो । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ ।

यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP