शनिबार , भाद्र १३, २०८३

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज (शनिबार) नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् ।प्रतियोगितामा लगातार जित निकालेको महिला टोली घरेलु टोलीविरुद्व सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल बिहान सवा ९ मा हुनेछ ।

बिहीबार आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्व ३–२ को कठिन जित निकालेको साविक विजेता नेपालले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

सन् २०१९ मा बंगलादेशमा नै भएको यसै प्रतियोगिताको पहिलो संस्करणमा महिला टोलीले अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यसबेला टोलीले मुख्य प्रशिक्षक जगदीश भट्टकै प्रशिक्षणमा ऐतिहासिक सफलता हात पारेको थियो ।

पुरुषतर्फको दोस्रो खेलमा श्रीलंकाविरुद्व नेपाल जितको खोजीमा कोर्टमा उत्रिनेछन् । प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको पुरुष टोलीले एक जित र एक हार बेहोरेको छ । खेल पौने ६ मा हुनेछ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो ।

प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्स तथा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानको सहभागिता छ ।

राउन्ड रोबिन पद्दतिको आधारमा जारी खेलको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP