सोमबार , अषोज २६, २०८३

क्रिसमस बिदाको छेको पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।

चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबरलाई उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् ।

मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा छन् । सार्वजनिकरुपमा प्रेमलाई नस्वीकारेपनि मायालाई उनीहरुले लुकाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP