शुक्रबार , जेठ २४, २०८२

शनिवार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरूको सबैभन्दा ठुलो यो पर्वमा विभिन्न कार्यक्रम आयोजना गरी धूमधामका साथ मनाउने गरिन्छ । यो पर्वलाई केवल इसाईहरूले मात्रै नभई गैर इसाईहरुलेसमेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँछन् ।

पुरातन इजिप्ट र रोमका मानिस सदाबहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैँ हरियो हुने बिरुवा राख्न सुरु भएको मानिन्छ । उनीहरू घरमा हरियो रुख हुँदा दुष्टात्मा टाढा भाग्ने विश्वास गर्थे ।

क्रिसमसमा विशेष पहिरन लगाउने गरिन्छ । जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ ताका भएको मानिन्छ । यस्तै क्रिसमसमा सजाइने ट्री १६औँ शताब्दीमा सुरु भएको मानिन्छ । त्यस बेलाका महान् इसाई सुधारक मार्टिन लूथर सन् १५०० ताका क्रिसमसको पूर्वसन्ध्यामा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए ।

उनले बाटोमा हिउँले चम्किरहेको रूख देखे । रूखका हाँगा हिउँले भरिएको थियो, चन्द्रमामा चम्किरहेको थियो । त्यसैबाट प्रभावित भएका उनले घर फर्केर सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्ती पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानका लागि तयार पारेका थिए । त्यसै समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको मानिन्छ ।

अर्को मान्यता अनुसार प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख सन् १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । प्रभु येशूको जन्म भएको समयमा उनका बाबुआमा मरियम र युसुफलाई बधाई दिन स्वर्गका प्रतिनिधिहरू आएका थिए । सो दिन एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाइएको थियो । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । घरमा रुख सजाउँदा खुसी बढ्ने इसाईहरूको विश्वास छ ।

क्रिसमस ट्रीमा मैनबत्ती बाल्ने चलन १७औँ शताब्दीमा सुरु भएको मानिन्छ । क्रिसमसमा घरमा ट्री सजाउँदा र मैनबत्ती बाल्दा यसले बच्चाहरुको उमेर लामो हुने मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP