शनिबार , भाद्र १३, २०८३

पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

पछिल्लो समय संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन आह्वान गरेको छ । संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको बताइएको छ ।

यसैबीच सरकारले छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने भन्दै नाकामा कडाइ गरिएको छ । नेपालसँग खुला सीमाना जोडिएको भारतका १७ राज्यमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP