शनिबार , बैसाख ६, २०८२

पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

पछिल्लो समय संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन आह्वान गरेको छ । संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको बताइएको छ ।

यसैबीच सरकारले छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने भन्दै नाकामा कडाइ गरिएको छ । नेपालसँग खुला सीमाना जोडिएको भारतका १७ राज्यमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP